PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

अन्तर्राष्ट्रिय फिल्म बजारमा भारतीय लगानी, दुई नेपाली फिल्म निर्माणमा पनि सहकार्य हुँदै



पहिलोपोस्ट

अन्तर्राष्ट्रिय फिल्म बजारमा भारतीय लगानी, दुई नेपाली फिल्म निर्माणमा पनि सहकार्य हुँदै

काठमाडौं : भारतको नेसनल फिल्म डेभलपमेन्ट कर्पोरेसन अर्थात् एनएफडीसीले सन् २०१९ मा सह-निर्माण गर्ने १४ फिल्मको सूची सार्वजनिक गरेको छ। संस्थाको परियोजना 'फिल्म बजार' अन्तर्गत दुई नेपाली फिल्म समेत परेका छन्।

नेपाली फिल्महरु 'इन्द्रेणी परी' र 'अनन्त'मा एनएफडीसीले संयुक्त लगानी गर्ने भएको हो।

आइसफल प्रोडक्सनको 'इन्द्रेणी परी'लाई निरञ्जन भेटवालले निर्देशन गर्नेछन्। त्यस्तै फिल्मका लागि नेपाली निर्माता रामकृष्ण पोखरेल रहनेछन्। त्यस्तै क्रलिङ एन्जल फिल्म्सको प्रस्तुति रहने 'अनन्त'लाई सौरभ राईले निर्देशन गर्नेछन्। फिल्मका निर्माता सञ्जय गुलाती हुन्।

फिल्म बजार एनएफडीसीले कला विस्तारको क्षेत्रमा अन्तर्राष्ट्रिय बजार तथा लगानी विस्तारका लागि सुरु गरेको परियोजना हो। नोभेम्बर २० देखि २४ सम्मका लागि तय भएको कार्यक्रम यस वर्ष गोवामा आयोजना हुँदैछ।

दक्षिण एसीयाको फिल्म बजार विस्तारका लागि सुरु गरिएको यस कार्यक्रममा नेपाल र भारतसँगै बंगलादेश, भुटान, फ्रान्स, सिंगापुर र अमेरिकी फिल्म संयुक्त रुपमा निर्माण हुँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell