PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

बाराबाट ६ जना जुवाडे पक्राउ



राधेश्याम पटेल

बाराबाट ६ जना जुवाडे पक्राउ

वीरगन्ज : दीपावलीमा रातिको समयमा कौडा खेलिरहेको अवस्थामा बारा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ बेलहिया टोलमा ठग साहको गोठघर अगाडि कौडा खेलिरहेको पूर्व सूचनाको अधारमा बारा प्रहरीले छापा हान्दा ६ जना जुवाडेलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता रन्जीतसिंह राठौरले जानकारी दिए।

पक्राउ पर्नेमा बेलहिया टोलका मोतिलाल ठाकुर, पन्नालाल साह, किरण पण्डित, अजय कुमार, रामएकबाल साह, दिनानाथ साह तेली रहेका छन्। उनीहरुको साथबाट साढे ७ हजार नगद पनि बरामद भएका बारा प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell