PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

लागुऔषध मुद्दामा ४ वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ



राधेश्याम पटेल

लागुऔषध मुद्दामा ४ वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ

वीरगन्ज : पर्सा प्रहरीले लागुऔषध मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा कालिकामाई गाउँपालिका वडा नम्बर २ गदियानी टोलका ५५ वर्षीय जहावर मिया रहेका छन्।

पर्सा जिल्ला अदालतको २०७२ असार २५ गतेको फैसला अनुसार दुई वर्ष कैद र डेढ लाख जरिवाना सजाय भए तापनि हाल सम्म उनी फरार रहँदै आएका थिए। गाउँमै लुकेर बस्दै आएका उनलाई विशेष सूचनाको आधारमा सोमवार राति पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।

पक्राउ परेका मियालाई पर्सा जिल्ला अदालतमा पेश गरी जेल चलान गर्ने प्रहरीको तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell