PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

ला लिगाः फराकिलो जित निकाल्दै रियल मड्रिड तालिकाको दोस्रो स्थानमा



पहिलोपोस्ट

ला लिगाः फराकिलो जित निकाल्दै रियल मड्रिड तालिकाको दोस्रो स्थानमा

स्पेनिस ला लिगाको गएराति भएको खेलमा रियल मड्रिडले लेगानेसलाई ५–० गोल अन्तरले पराजित गरेको छ। पहिलो हाफमा ३ गोल र दोस्रो हाफमा २ गोल गर्दै रियलले जित सुनिश्चित गरेको हो।

खेलको ७ औँ मिनेटमै गोल गर्दै रोड्रिगोले गोल गर्दै रियलको खाता खोलेका थिए। फेरि, त्यसको १ मिनेटभित्रै गोल गर्दै टोनी क्रुसले रियलको अग्रता दोब्बर बनाए। सर्जियो रामोसले खेलको २४ औँ मिनेटमा गोल गर्दा पहिलो हाफमा रियल ३–० ले अगाडि थियो। रियलका लागि फेरि ६९ मिनेटमा बेन्जेमा र अतिरिक्त समयमा लुका जोभिकले गोल गर्दा रियलले ५–० ले खेल आफ्नो पक्षमा पार्‍यो।

यो जितसँगै रियल अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। अंक तालिकामा १० खेल खेलेर ७ जित १ बराबरी र २ हार ब्यहोरेको बार्सिलोना २२ अंकसहित शीर्ष स्थानमा छ।

त्यस्तै १० खेल खेलेर ६ जित ३ बराबरी र १ हार ब्यहोरेको रियल २१ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। १० खेल खेलेको ग्रान्डा र ११ खेल खेलेको एथ्लेटिको समान २० अंकसहित तालिकाको तेस्रो र चौथो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell