PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

धादिङको टनिखोलामा जिप दुर्घटना, २४ जना घाइते



पहिलोपोस्ट

धादिङको टनिखोलामा जिप दुर्घटना, २४ जना घाइते

काठमाडौं : धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ टनिखोलामा आज बिहान जिप दुर्घटना भएको छ। दुर्घटनामा २४ जना घाइते भएको प्रहरीले जनाएको छ।

मलेखुतर्फ आउँदै गरेको ग १ ज ३०११ नम्बरको बलेरो जीप दुर्घटना भएको हो। जिप दुर्घटना हुँदा २४ जना घाइते भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। केहीलाई काठमाडौं रिफर गरिएको छ।

घाइते भएकाको नाम

धादिङ गजुरी गाउँपालिका–२ बस्ने २३ वर्षीय अच्युत सिलवाल, 

२५ वर्षीय भीमराज सिलवाल

धादिङ बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर २ छापडाँडा बस्ने नवराज घले

धादिङ गजुरी–२ बस्ने विवश सेढाई

धादिङ रोराङ गाउँपालिका वडा नम्बर २ ताल्ति बस्ने शान्तिमाया तामाङ

मकवानपुर मनहरी गाउँपालिका–३ बस्ने वर्ष २८ को सुनिल प्रजा

धादिङ बेनीघाट रोराङ–४ बस्ने नरेश कटुवाल

धादिङ गजुरी गाउँपालिका–३ बस्ने दिनेश तामाङ

धादिङ रोराङ गाउँपालिका वडा नम्बर २ छापडाँडा बस्ने सरस्वती रेग्मी

धादिङ छापडाँडा बस्ने अप्सरा बस्नेत

धादिङ गजुरी गाउँपालिका–३ बस्ने रस्मिता चेपाङ

धादिङ गजुरी गाउँपालिका बस्ने कोपिला चेपाङ

धादिङ गजुरी गाउँपालिका बस्ने सन्तोष अधिकारी

डोटी बढिकेटार गाउँपालिका–२ बस्ने दिपक मास्कि मगर

धादिङ गजुरी गाउँपालिका–३ बस्ने वीरबहादुर रुम्बा तामाङ

धादिङ गजुरी गाउँपालिका–२ डुडेठाटी बस्ने बिक्रम चेपाङ

धादिङ बेनीघाट रोराङ गाउँपालिका–४ गलिङडाँडा बस्ने वर्ष १७ को सुमन तामाङ

धादिङ रोराङ गाउँपालिका वडा नम्बर २ छापडाँडा बस्ने सविन सिलवाल

धादिङ रोराङ गाउँपालिका वडा नम्बर ४ बस्ने रेनुका घले

गोरखा सिरानचोक गाउँपालिका–३ बस्ने सबिरा मियाँ

गोरखा सिरानचोक गाउँपालिका–३ बस्ने वर्ष ५ को सादित मियाँ

धादिङ गजुरी गाउँपालिका–४ बस्ने सरस्वती घले

धादिङ गजुरी गाउँपालिका–२ बस्ने दीपक तामाङ

धादिङ गजुरी गाउँपालिका–२ बस्ने बिक्रम चेपाङ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell