PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

म माथि ठूलो उत्तरदायित्व थपियो : क्रिकेट कप्तान ज्ञानेन्द्र मल्ल, बधाईको ओइरो



पहिलोपोस्ट

म माथि ठूलो उत्तरदायित्व थपियो : क्रिकेट कप्तान ज्ञानेन्द्र मल्ल, बधाईको ओइरो

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आफूलाई ठूलो उत्तरदायित्व आएको प्रतिक्रिया दिएका छन्। बुधवार नेपाली टिमको कप्तानमा चयन भएसँगै बिहीवार सामाजिक सञ्जालमार्फत् नेपाली टिमको कप्तानीसँगै आफूलाई ठूलो उत्तरदायित्व आएको प्रतिक्रिया दिएका हुन्।

मल्लले लेखेका छन, 'नेपाली क्रिकेट टिमको कप्तान बन्न पाउनु सम्मानको विषय हो।'

उनले पारस खड्काको कप्तानीमा नेपाली क्रिकेट टिमले गति लिएको स्मरण गर्दै आफूमाथि ठूलो उत्तरदायित्व थपिएको बताएका हुन्।

'ठूलो उत्तरदायित्व आएको छ, नेपाली क्रिकेटको सफलतालाई कायम राख्न र निरन्तरता दिन सम्पूर्ण प्रयास गर्नेछु,' उनले लेखेका छन्, 'सबैजनालाई सहयोग र शुभकामनाका लागि धन्यवाद।'

पूर्वकप्तानदेखि राजनीतिज्ञसम्मको शुभकामना

मल्ल कप्तान भएसँगै खेलाडी, राजनीतिक दलका नेता, कलाकार, समर्थकलगायतले शुभकामना दिएका छन्।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पारस खड्काको कप्तानीमा नेपालले सन् २०१४ मा बंगलादेश विश्वकपमा गरेको सहभागिता र एकदिवसीय मान्यता पाएको विषयलाई उल्लेख गर्दै अब ज्ञानेन्द्र मल्लले कप्तानी लिँदै गर्दा नेपालले थप उपलब्धी हासिल गरोस् भन्ने आशयमा शुभकामना दिएका छन्।

 

त्यस्तै नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले ज्ञानेन्द्र मल्ल 'मस्ट डिजर्विङ' रहेको बताउँदै शुभकामना दिएका छन्। 'मल्ल ती हुन् जसले आफ्नो देशका लागि जोश,  अनुशासन र प्रतिबद्ध भएर देशको सेवा गरे,' खडकाले लेखेका छन्, 'म एकदमै विश्वस्त छु कि, उनको नेतृत्वमा हामी अघि बढ्ने छौं।'

 

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि ठूलो उत्तरदायित्वसहित कप्तानी हस्तान्तरण गरेको उल्लेख गरेका छन्।

 

त्यस्तै गायक प्रमोद खरेलले पनि कप्तान मल्ललाई शुभकामना दिएका छन्।

 

नेपाली कांग्रेसका नेता गगन थापाले पनि कप्तान मल्ललाई बधाइ दिँदै उनको कप्तानीमा नेपालले नयाँ उचाइ पाउने विश्वास व्यक्त गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell