PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रधानमन्त्रीको स्वास्थ्यको सूचनाबारे सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक प्रश्न : प्रम देशको कि कोटरीको मात्र?



पहिलोपोस्ट

प्रधानमन्त्रीको स्वास्थ्यको सूचनाबारे सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक प्रश्न : प्रम देशको कि कोटरीको मात्र?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ छन्। उपचारका लागि उनलाई धापासीस्थिति ग्रान्डी इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको छ। तर, देशको प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे यकिन जानकारी भने सार्वजनिक भएको छैन।

बुधवार साँझ प्रधानमन्त्रीको निजी चिकित्सक दिव्या सिंह र उपचाररत् अस्पताल ग्रान्डी अस्पतालको तर्फबाट विज्ञप्ति जारी भयो जसमा उनी सामान्य उपचारका लागि अस्पताल पुगेको जनाइएको थियो। विज्ञप्तिमा ओलीको परीक्षण पूरा गरी बुधवार रातिसम्ममा वा बिहीवार डिस्चार्ज हुने समेत जनाइएको छ।

यहाँ प्रधानमन्त्रीको सचिवालयले पनि ओलीको स्वास्थ्य अवस्थाबारे खुलेर जानकारी दिन नचाहेको देखिन्छ।

तर, उनलाई भेट्न पुगेका नेकपाका नेताहरुले भने उनको डायलसिस जारी रहेको बताए। नेता भीम रावलले प्रधानमन्त्रीको डायलसिस भइरहेकाले भेट्न नमिलेको बताएका छन्।

त्यस्तै, प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने उनी बिहीबार नै उपचार सकेर फर्कने बताएका छन्।

यसरी सरकार प्रमुखको स्वास्थ्य अवस्था बारे उचित जानकारी सार्वजनिक नभएको भन्दै आम मानिसले प्रश्न उठाएका छन्। कतिले त यसलाई सूचनाको हक विरुद्धको कदम भन्ने समेत संज्ञा दिएका छन्। केहीले भने विषयमाथि व्यङ्ग्यात्मक एवं चोटिलो प्रहार गरेका छन्।

माइक्रो ब्लगिङ साइट ट्वीटरमा गौरव पोख्रेलले लेखेका छन्- 'नियमित चेकजाँचमा गाको बिरामीलाई आइसियुमा राख्ने अस्पताल भनेसी कति लुट रैछ! धन्न बिरामीका आफन्त ज्ञानी रछन तोडफोड गरेका छैनन्।' 

त्यस्तै पत्रकार तथा कवि रुपेश श्रेष्ठले पनि यस विषयमा ट्वीट गरेका छन्,'देशको कार्यकारी प्रमुखको स्वास्थ्य अवस्थाबारे उनका प्रेस सहयोगीले ढाँट्ने, राजनीतिक सहयोगीले ढाँट्ने, सरकारका प्रतिनिधिले ढाँट्ने। अरु त अरु, उपचार गरिरहेको पाँचतारे अस्पतालका प्रमुखले समेत हाकाहाकी ढाँट्ने! वैश्य युगमा झुटको समेत बेचबिखन हुन्छ भन्थे, हो रै'छ। 

नेपाल लाइभका सम्पादक नारायण अमृतले यसरी प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाप्रति मानिसको चासोलाई उचित सम्बोधन नगरिनु गलत भएको बताएका छन्। उनले ट्वीटमार्फत भनेका छन्, 'प्रधानमन्त्री केपी ओली एउटा कोटरी र बालुवाटारका मात्र प्रधानमन्त्री होइनन्। हामी सबै देशवासीका प्रधानमन्त्री हुन्। उनको स्वास्थ्यप्रति सबैको चासो स्वभाविक छ। तर 'कोटरी'ले दिनभर स्वास्थ्य अवस्थाको सूचना अपडेट लुकायो। यो राम्रो कुरा होइन। धन्यवाद।'

ट्वीटर प्रयोगकर्ता बासुदेव ज्ञवाली लेख्छन्:

प्रधानमन्त्री साझा संस्था का साझा ब्यक्ति हुन यसर्थ उनको जानकारी पाउने हक हरेक नागरिक लाई हुन्छ।उनको स्वास्थ्य स्थिति गम्भीर भय नभएको थाह दिनु पर्ने सम्बन्धित निकाय ढिला गरेको किन??थाह दिनुपर्ने होइन— बिवश (@GyawaliBasudev) October 31, 2019

त्यस्तै सुरेश कुण्ठित ह्यान्डबाट लेखिएको छ:

अमृत बानियाँले प्रश्न गरेका छन्,'केपी ओली देशको प्रधानमन्त्री हुन् कि केही कोटरीको? देशको हो भने यथार्थ जानकारी दिनु पर्दैन?' 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell