PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

दक्षिण भारतीय अभिनेत्री गीताञ्जली रमाकृष्णको निधन



पहिलोपोस्ट

दक्षिण भारतीय अभिनेत्री गीताञ्जली रमाकृष्णको निधन
फोटो: टाइम्स नेटवर्क

काठमाडौं : दक्षिण भारतीय अभिनेत्री गीताञ्जली रमाकृष्णको निधन भएको छ। उनको हृदयघातको कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मुटुमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। उनको बिहीवार हैदराबाद अपस्पतालमै निधन भएको हो।

गीताञ्जलीले ५ सयभन्दा बढी हिन्दी, तेलगु, तमिल लगायतका फिल्महरुमा अभिनय गरेकी छिन्। उनले सन् १९६१ मा तेलगु फिल्म 'सीताराम कल्याणम' बाट फिल्मी करियर सुरु गरेकी थिइन्। त्यो फिल्ममा उनले सीताको भूमिका निर्वाह गरेकी थिइन्।

उनी अभिनित तेलगु फिल्म 'महालक्ष्मी' प्रदर्शनको तयारीमा रहेको छ। फिल्म 'महालक्ष्मी' अभिनेत्री कंगना रनावतको फिल्म 'क्वीन' को तेलगु रिमेक हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell