PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

धनाढ्यलाई जुवाले सतायो : सात दिन हिरासतमै हाइप्रोफाइल जुवाडे!



पहिलोपोस्ट

धनाढ्यलाई जुवाले सतायो : सात दिन हिरासतमै हाइप्रोफाइल जुवाडे!

काठमाडौं : महाराजगञ्जबाट पक्राउ परेका 'हाइप्रोफाइल' जुवाडेहरुलाई सात दिन हिरासतमै राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।

तिहारको बिदापछि बिहीवार कार्यालय खुलेपछि उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएको थियो। उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ। 'आज हामीले सिडिओ कार्यालयबाट सात दिनको म्याद पाएका छौं,' महानगरीय प्रहरीवृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले भने।

प्रहरीले गत शनिवार महानगरको वडा नम्बर ३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा २५ जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरी टोलीले उनीहरुको साथबाट २ करोड ६७ लाख रुपैयाँसहित पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये ६ जनाले बन्दी प्रत्यक्षीकरण निवेदन निवेदन दिएकाले प्रहरीले बुधवार बिहान उनीहरुलाई अदालतमा उपस्थित गराएको थियो। तर, अदालतले बिहीवार उपस्थित गराउने गरी हिरासतमा राख्न आदेश दिएको थियो।

पक्राउ पर्नेहरु पवित्रकुमार कार्की, बलराम सापकोटा, विक्रम गौतम (घरधनी), श्रवणकुमार गोयल, पवनकुमार गुप्ता र मुक्ति लामाले बन्दी प्रत्यक्षीकरणको रिट निवदेन दिएका थिए।

पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell