PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

अखिल केन्द्रीय सदस्य इन्द्रहाङ राईको डीएनए जाचिँदै, प्लास्टिकमा भेटियो फ्यालिएको वीर्य



सविन ढकाल

अखिल केन्द्रीय सदस्य इन्द्रहाङ राईको डीएनए जाचिँदै, प्लास्टिकमा भेटियो फ्यालिएको वीर्य

काठमाडौं : तीन दिनदेखि रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियु सहसचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राई प्रहरी हिरासतमा छन्।

विद्यार्थी राजनीतिमा उच्च तहसम्म पुग्ने सम्भावना बोकेका नेता राईलाई संगीन आरोप लागेको छ। उनीमाथि लागेको आरोप पुष्टि भएमात्र १० वर्षभन्दा बढी कैद सजाय हुनेछ। भाइटीकाको अघिल्लो दिन ( कार्तिक ११) राईले एक युवतीलाई बलत्कार गरेको आरोपमा प्रहरीले मंगलवार बिहान नियन्त्रणमा लिएको हो।

राईले आफ्नै साथीको बहिनीलाई गोकर्णेश्वर ६ स्थित आफन्तको कोठामा बोलाएर बलात्कार गरेको आरोप छ। पीडित युवतीले जवर्जस्ती मुखमैथुन गराएको प्रहरीमा बयान दिएकी छिन्। प्रहरीले नियन्त्रणमा लिएसँगै रत्नराज्यलक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले राईलाई पदमुक्त गरिसकेको छ।

'अप्राकृतिक क्रियाकलाप गराएको बयान दिएकी छिन्। यस विषयमा हामी अनुसन्धान गरिरहेका छौं। प्रारम्भीक अनुसन्धानमा राईले करणी गरेको देखिन्छ। तर, हामी प्रमाण जुटाउन लागिरहेका छौं,' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने।

नेता राईले आफ्नै ससुराको कोठामा लगेर करणी गरेका थिए। करणीपछि राई भक्तपुर पुगेका थिए। यसैबीचमा राईले युवती र उनकी दिदीलाई पटकपटक धम्की समेत दिएको खुलेको छ। घटना भएको उजुरी प्रहरीमा परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। 

'उजुरी आएपछि नै हामीले अनुसन्धान गरेका थियौं। राति जानकारी आएपछि सबै प्रकृया मिलाएर राईलाई बिहानै नियन्त्रणमा लिएका हौं,' महानगरीय प्रहरी वृत्तका डिएसपी रमेश सिंहले भने।

राईले युवतीलाई आफन्तको कोठामा लगेर खानेकुरासँगै बियर खाएपछि करणी गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ। प्रहरीले घटनास्थलबाट राईको कपडा, बियरको बोतल, करणी गर्दा प्रयोग भएको तन्नासमेत बरामद गरेको छ। त्यससँगै प्रहरीले राईको भनिएको विर्य समेत संकलन छ।

'कोठाको फोहोर राख्ने ठाउँमा प्लास्टिकको पोकोमा भेटिएको विर्य फरेन्सिक परीक्षणका लागि पठाएका छौं,' अनुसन्धानमा खटिएका ती अधिकृतले पहिलोपोस्टसँग भने।

प्रहरीले घटनास्थलबाट बरामद गरेको विर्य र राईको डिएनए भिडाएर राईकै हो या होइन भन्ने छुट्याउन सक्छ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व निर्देशक जीवनप्रसाद रिजाल सजिलै डिएनए निकाल्न सकिने दावी गर्छन्।

'प्लास्टिकमा भेटिएको विर्य सुकेकै अवस्थामा रहे पनि सजिलै डिएनए निकाल्न सकिन्छ,' रिजालले भने।

राईमाथि लागेको अभियोग पुष्टि गर्न प्रहरीले घटनास्थलमा राईको उपस्थिति, बरामद कपडा, पीडितको स्वास्थ्य परीक्षण लगायतको अनुसन्धान गर्नुपर्ने देखिन्छ।

प्रहरी हिरासतमा रहेका राईले भने सहमतिमा नै ती गतिविधि भएको दावी गर्दै आएका छन्। आफूलाई फसाउन षड्यन्त्रण गरिएको उनको दावी छ। राईले प्रहरीलाई दिएको बयान झुटो लागेमा प्रहरीले पोलिग्राफ टेष्ट समेत गराउन सक्छ। तर, पोलिग्राफको लागि अभियुक्तको स्वकृति अनिवार्य छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell