
काठमाडौं : मेलम्चीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको छ। दुर्घटनामा परेका तीन जना यात्रुको अवस्था भने चिन्ताजनक भएको प्रहरीले जानकारी दिएको छ।
हेलम्बू यातायातको बा ५ ख ५०७० नम्बरको बस दुर्घटना भएको प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिए।
शंकरापुर नगरपालिका–४ स्थित लप्सीफेदी नजिकैको मोडमा बस दुर्घटनामा परेको हो।