A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6a923de6c65df7.69560940): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6a923de6c65df7.69560940,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

डायलासिसपछि आराम गर्दै प्रधानमन्त्री ओली : चिकित्सक भन्छन्, 'आजै डिस्चार्ज हुने सम्भावना छ'
PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

डायलासिसपछि आराम गर्दै प्रधानमन्त्री ओली : चिकित्सक भन्छन्, 'आजै डिस्चार्ज हुने सम्भावना छ'



कुञ्जरमणि भट्टराई

डायलासिसपछि आराम गर्दै प्रधानमन्त्री ओली : चिकित्सक भन्छन्, 'आजै डिस्चार्ज हुने सम्भावना छ'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। ओलीको अवस्थाका बारेमा जनताबीच चासो बढिरहँदा अस्पतालले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको अवस्था ठिक भएको बताएको छ। 

अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले क्रिएटिनको मात्रा धेरै भएर प्रधानमन्त्रीको हेमोडायलासिस गरिएको बताएका छन्। तर उनले प्रधानमन्त्रीको क्रिएटिनको मात्राको बारेमा भने जानकारी दिन चाहेनन्। 

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था लुकाउने कुरा नै नभएको भन्दै पाण्डेले प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुने सम्भावना रहेको बताएका छन्।

उनले भने, 'प्रधानमन्त्री ओली अहिले निदाइरहनुभएको छ, आज ८/९ बजेसम्म उहाँ डिसचार्ज हुने सम्भावना छ।'

अर्को डायलासिस हुने/नहुने भन्ने कुरा प्रधानमन्त्रीको शरीरमा रगतको अवस्था हेरेर चिकित्सकको सल्लाह अनुसार थाहा हुने पाण्डेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell