PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

लेनिन विष्टविरुद्ध सरकारी कदम गैरसंवैधानिक : सर्वोच्च



रासस

लेनिन विष्टविरुद्ध सरकारी कदम गैरसंवैधानिक : सर्वोच्च

काठमाडौँ : सर्वोच्च अदालतले त्रिभुवन विमानस्थलबाट फर्काइएका पूर्व माओवादी कार्यकर्ता लेनिन विष्टलाई फर्काउने सरकारको निर्णय असंवैधिक भएको फैसला गरेको छ।

थाइल्याण्ड जान लागेको बेला विमानस्थलबाट फर्काउने कार्य असंवैधानिक भएको फैसला न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले गरेको हो। फैसलामा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्ररुपमा आवतजावत गर्ने अधिकारलाई बन्देज गर्न नहुने र आगामी दिनमा उनीविरुद्ध कुनै पनि यस्ता कार्य गर्नु नहुने उल्लेख छ।

थाइल्याण्डको एउटा कार्यक्रममा गत २०७५ भदौ ८ जान लागेका विष्टलाई विमानस्थलबाट फर्काउने सरकारको निर्णयविरुद्ध विष्टले २०७५ भदौ १४ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell