PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

अमेरिकाले बग्दादीलाई मारेपछि नयाँ उत्तराधिकारी चयन, को हुन् उनी?



पहिलोपोस्ट

अमेरिकाले बग्दादीलाई मारेपछि नयाँ उत्तराधिकारी चयन, को हुन् उनी?

कायरो : स्लामिक स्टेट मिलिटेन्ट समूहले आफ्नो नेता अबु बक्र अल बग्दादीको मृत्यु भएको स्वीकार गरेको छ। अमेरिकी ‘रेड’मा उनको मृत्यु भएको आइएसको समाचार संस्था अमेकले अडियो टेपमार्फत् जनाएको हो।

इराकी जेहादी नेता बग्दादीलाई अमेरिकी सेनाको 'स्पेसल फोर्स'ले सिरियामा मारेको अमेरिकी राष्ट्रपतिले गत आइतबार सार्वजनिक गरेका थिए।

अमेरिकी राष्ट्रपतिको दावी आए पनि उनको मृत्युको विषयमा यो संगठनले भने कुनै प्रतिक्रिया जनाएको थिएन। संगठनले बग्दादीको उत्तराधिकारी चयन गरेसँगै उनको हत्याको स्वीकारोक्ति गरेको हो। बग्दादीका उत्तराधिकारीमा अबु इब्राहिम अल हसेमी अल कुरैसी नाम गरेका व्यक्तिलाई चयन गरिएको छ।

नयाँ नेतृत्व लिने व्यक्ति खासमा को हुन् भन्ने चाहिँ अनुमानमात्र गरिएको छ। अमेरिकी स्टेट डिपार्टमेन्टले हाजी अब्दुल्लाह उनका उत्तराधिकारी हुनसक्ने अनुमान गरेकाले यी तिनै व्यक्ति हुनसक्ने तर्क गरिएको छ। तर, त्यसको स्वतन्त्र पुष्टि कतैबाट पनि भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell