PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

खोला प्रदूषण गरेको भन्दै चिनियाँ लगानीको हिमालयन लेदरका सञ्चालक र प्रबन्धक पक्राउ



राधेश्याम पटेल

खोला प्रदूषण गरेको भन्दै चिनियाँ लगानीको हिमालयन लेदरका सञ्चालक र प्रबन्धक पक्राउ

वीरगंजः पर्सा प्रहरीले उद्योगबाट निस्किने रसायनयुक्त पानी श्रीसिया खोलामा खसालेको आरोपमा वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा सञ्चालित हिमालय लेदर प्रालिका सञ्चालक र प्रबन्धकलाई नियन्त्रणमा लिएको छ।

जितपुर सिमरा उमहानगरपालिका २३ भलुहीमा सञ्चालित उद्योगका सञ्चालक चिनियाँ नागरिक लिउता छुवाङ र भारत घर भई हाल हेटौँडा बस्ने उद्योगका प्रबन्धक तेन्जिङ गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।

पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार उद्योगले वीरगंज महानगरपालिका ३२ चोर्नी भएर बग्ने श्रीसिया खोलामा प्रदूषित पानी खसाल्दै आएको र प्रदूषित पानी रोक्न पटक-पटक निर्देशन दिँदा अटेरी गरेपछि पक्राउ गरिएको हो। प्रहरीले अन्य खोला प्रदूषण गर्ने उद्योगको सवालमा उजुरी आए आवश्यक कारबाही थाल्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell