PahiloPost

Dec 31, 2025 | १६ पुष २०८२

सांसद गौतमको घरमा दिउँसै चोरी



पहिलोपोस्ट

सांसद गौतमको घरमा दिउँसै चोरी
प्रतिकात्मक तस्वीर

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (ने क पा) सांसद राजेन्द्र गौतमको कोठामा चोरी भएको छ।

नयाँबानेश्वर क्षेत्रमा रहेको देविनगरस्थित सांसाद गौतमको कोठाबाट चोरी भएको हो। नगद र सुन चाँदी गरेर करिव ३ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको महानगरीय प्रहरी वृत नयाँबानेश्वरका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए। 'सांसदको कोठामा चोरी भएको हो। हामी चोरलाई खोज्दै छौं। केही दिनमा नै पत्ता लाग्छ', डिएसपी रेग्मीले भने।

विहीवार दिउँसो घरमा कोही नभएको मौकाछोपी चोरी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। सांसद गौतम कोठा भाडामा लिएर बस्दै आएका थिए।' घरमा कोही नभएको अवस्था हेरेर चोरी गरेको देखियो', डिएसपी रेग्मीले भने।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell