PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

महरामाथि अदालतमा थुनछेक प्रक्रिया सुरु : पुर्पक्षका लागि थुनामा जालान् कि रिहा होलान उनी?



पहिलोपोस्ट

महरामाथि अदालतमा थुनछेक प्रक्रिया सुरु : पुर्पक्षका लागि थुनामा जालान् कि रिहा होलान उनी?

काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अदालतमा थुनछेकको प्रक्रिया सुरु भएको छ। जिल्ला अदालत काठमाडौंमा महराको बयान सुरु भएको हो। न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा महराको बयान भइरहेको छ।

महराको बयान सकिएपछि थुनछेक बहस हुनेछ। सरकारी वकिलको कार्यालयले बिहीवार काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध अभियोगपत्र दर्ता गरेको थियो।

थुनछेक बहसको प्रक्रिया लम्बिएमा महरा शुक्रबार पनि न्यायिक हिरासतमा नै रहनेछन्।

बहस सकिएर आदेश भएमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउन वा रिहा गर्न सक्नेछ।

अदालतले पुर्पक्षका लागि थुनामा पठाएमा महरा सांसद् पदबाट पनि स्वतः निलम्बनमा पर्नेछन्। रिहा भए भने उनको पद निलम्बनमा पर्ने छैन।

सरकारी वकिल कार्यालयले बिहीवार महरामाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा दायर गरेको थियो।

अभियोगपत्र अनुसार महरामाथि मुलुकी अपराध संहिताका दुई व्यवस्था आकर्षित गरिएको छ। जस अनुसार महरामाथि करणी उद्योगमा कम्तीमा साढे तीन वर्षदेखि पाँच वर्षसम्म सजाय माग गरिएको छ। यस्तै, सार्वजनिक पद धारण गरेको व्यक्ति भएका कारण त्यसमा थप डेढी सजाय पनि दाबी गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell