PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

फ्राइडे रिलिजमा नेपाली फिल्म 'बादशाह जुट'सँगै हलिउड फिल्म 'टर्मिनेटर डार्क फेट'



पहिलोपोस्ट

फ्राइडे रिलिजमा नेपाली फिल्म 'बादशाह जुट'सँगै हलिउड फिल्म 'टर्मिनेटर डार्क फेट'

काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत नेपाली फिल्म 'बादशाह जुट' सँगै हलिउड फिल्म 'टर्मिनेटर डार्क फेट' प्रदर्शनमा आएको छ। 'बादशाह जुट' र 'टर्मिनेटर' गरि यो साता दुईवटा फिल्म सिनेमा हलमा प्रदर्शनमा आएका छन्।

कमेडी र एक्सन जनरामा निर्माण भएको फिल्म 'बादशाह जुट' लाई जोनीसिंह राणाले निर्देशन गरेका हुन्। फिल्ममा सुशील श्रेष्ठ, अमिर गौतम, रोबिन तामाङ, रोशी खड्का, दीपक क्षत्री, कमलमणि नेपाल लगायतका कलाकारले अभिनय गरेका छन्।

हर्कबहादुर, कुँवर र भोजराज श्रेष्ठको लगानी रहेको यस फिल्मको सिनेमाटोग्राफी राजु कार्कीले गरेका हुन्। साथै फिल्ममा अभिनेत्री प्रियंका कार्की अतिथि भूमिकामा प्रस्तुत भएकी छिन्।

त्यस्तै हलिउड फिल्म 'टर्मिनेटर डार्क फेट' पनि आजबाट प्रदर्शनमा आएको छ। टिम मिलर निर्देशित यस फिल्ममा लिन्डा ह्यामिल्टन, एडवार्ड फर्लोङ, म्याकेन्जी डेभिस लगायतले अभिनय गरेका छन्। यो फिल्म साइन्स फिक्सन र एक्शन जनरामा निर्माण भएको छ।

'टर्मिनेटर'  सिक्वेलको पहिलो र दोश्रो फिल्ममा अभिनय गरेकी लिन्डा ह्यामिल्टन ३४ वर्षपछि फेरि यसको छैठौं सिक्वेलमा फर्किएकी छिन्। यो फिल्मको कथा पनि मेशिन (आर्टिफिसियल इन्टेलिजेन्स) र मानवबीचको प्रभुत्वसम्बन्धी द्वन्द्व नै हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell