PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

आँचल र उदिपको सम्बन्धको एक वर्ष, सम्झिए १५ मिनेटको 'डेट'



पहिलोपोस्ट

आँचल र उदिपको सम्बन्धको एक वर्ष, सम्झिए १५ मिनेटको 'डेट'
फोटोः आँचल शर्माको इन्स्टाग्राम

फिल्म 'नाइँ नभन्नु ल ४' बाट एकसाथ नेपाली रजतपटमा डेब्यु गरेका अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको जोडीलाई दर्शकले निकै रुचाए। दुवैले सँगसँगै केही फिल्ममा काम गरिसकेपछि पल र आँचल प्रेम सम्बन्धमा रहेको अफवाहहरु मिडियामा छाए।

त्यसो त पल र आँचलका फ्यानहरुले उनीहरुलाई 'आँप' जोडीको उपमासमेत दिएका थिए। तर पछिल्लो समय आँचलले फिल्म 'दाल भात तरकारी' मा अभिनेता पुष्प खड्कासँग अभिनय गरेपश्चात् उनीहरुको प्रेमको चर्चा सेलायो।

हाल आँचल शर्मा डाक्टर उदिप श्रेष्ठसँगको प्रेममा रहेको चर्चा छ। हालै उनले आफ्ना तिनै प्रेमी डाक्टरसँगको पहिलो वर्षगाँठको तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन्।

उनले प्रेमीसँगको तस्बिर अपलोड गर्दै लेखेकी छन्– 'यो तस्बिरले मलाई हाम्रो पहिलो भेटको सम्झना गरायो। यो पूरै वर्ष निकै सुखद रह्यो। म यो खुसी तिमीसँग साट्न चाहन्छु। मैले कहिल्यै पनि सोचेकी थिइन् कि तिमी मेरो लागि यति महत्वपूर्ण हुन्छौ भनेर।'

आँचलले उक्त तस्बिरमा उदिपसँग पहिलो पटक भेट्दाको १५ मिनेटको डेट भनेरसमेत क्याप्सनमा उल्लेख गरेकी छिन्।

तस्बिरमा कमेन्ट गर्दै अभिनेत्री स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, निरुता सिंह लगायतले उनीहरुलाई पहिलो वर्षगाँठको शुभकामना दिएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell