PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

सलमानको आगामी फिल्म 'राधे' सन् २०२० को इदमा रिलिज हुने



पहिलोपोस्ट

सलमानको आगामी फिल्म 'राधे' सन् २०२० को इदमा रिलिज हुने

बलिउड अभिनेता सलमान खानलाई इद निकै फापेको छ। त्यसैले उनी अधिकांश फिल्म इदको अवसर पारेर रिलिज गर्छन्। इदमा रिलिज भएका सलमान अभिनित अधिकांश फिल्महरुले बक्स अफिसमा सय करोडभन्दा बढी कमाइ गरेका छन्।

त्यसो त यो वर्षको इदमा रिलिज भएको सलमानकै लिड रोल रहेको फिल्म 'भारत' ले पनि बक्स अफिसमा व्यापारिक सफलता पायो। यसैबीच आगामी वर्षको इदलाई लक्षित गर्दै फिल्म 'राधे' को घोषणा गरिएको छ। प्रहरीको कथामा आधारित 'राधे'मा सलमानकै मुख्य भूमिका रहने बताइएको छ।

निर्देशक सञ्जय लीला भन्साली निर्देशित फिल्म 'इन्शा अल्लाह' इदमा रिलिज नहुने भएपछि सलमानले नयाँ फिल्म 'राधे'को घोषणा गरेका हुन्। सलमानले होम प्रोडक्सन 'दबंग ३' को सबै काम सकेपछि 'राधे'को घोषणा गरेका हुन्। 'दबंग ३' अर्को महिना प्रदर्शनमा आउँदै छ। 'राधे'लाई निर्देशक प्रभुदेवाले निर्देशन गर्दै छन्।

'राधे'को छायांकन दिल्ली, कोलकाता, लखनऊ, जयपुर, मुम्बई लगायतकf स्थानमा हुने बताइएको छ। एक महिना लामो सुटिङ यही नोभेम्बर ४ देखि शुरु हुने फिल्म 'राधे' को रिलिज पनि सलमानले सन् २०२० को इदमा नै गर्ने भएका छन्।

फिल्ममा सलमानले ठूलै खर्च गरेर दमदार एक्शन दृश्यहरु राख्ने भएको चर्चा छ। करिब एक महिनाअघि प्रदर्शनमा आएको ऋतिक रोशन र टाइगर श्राफ अभिनित फिल्म 'वार' को रोमान्चक एक्शन दृश्यबाट सलमान निकै प्रभावित भएको उनी निकट रहेका व्यक्तिहरुले बताएको सञ्चारमाध्यमहरुले जनाएका छन्। फिल्म 'वार' बाट प्रभावित भएर आफ्नो आगामी फिल्ममा सलमानले पनि दर्शकहरुले औंला टोक्ने खालको दमदार एक्शन राख्न लागेको अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell