PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

युवतीलाई एसिड छ्यापेर ५ वर्षदेखि फरार अभियुक्त पक्राउ



पहिलोपोस्ट

युवतीलाई एसिड छ्यापेर ५ वर्षदेखि फरार अभियुक्त पक्राउ

काठमाडौं : पाँच वर्षअघि एसिड प्रहार गरि फरार रहेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर र बाराको टोलीले बिहीवार भारत महाराजगन्ज, अमरपर्वन वडा नम्बर ६ बस्ने राज भन्ने दिलिपराज केशरीलाई पक्राउ गरेको हो।

केशरीले २०७० वैशाख ९ गते बिहान करिब साढे ११ बजे मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बस्ने एक युवतीलाई अनुहारमा एसिड छ्यापेका थिए।

प्रहरीले केशरीलाई बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलोहीस्थितमा लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। अदालतबाट दोषी ठहरिए केशरीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ अनुसार ५ वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell