PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

युवतीमाथि एसिड प्रहार गर्ने भारतीय नागरिक ६ वर्षपछि पक्राउ



राधेश्याम पटेल

युवतीमाथि एसिड प्रहार गर्ने भारतीय नागरिक ६ वर्षपछि पक्राउ

वीरगन्ज :  हेटौंडाकी विन्दवासिनी कंशाकारमाथि ६ वर्षअघि एसिड प्रहार गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र बाराबाट खटिएको प्रहरीको संयुक्त टोलीले गएराति करिब ९ बजे उनलाई जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहीबाट पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेका दीपक केशरीलाई शुक्रवार दिउँसो  पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ। 

२०७० वैशाख ९ गते आफ्नै पसलमा बसिरहेको अवस्थामा विन्दवासिनीलाई एसिड प्रहार गरेका केशरी लुकीछिपी नेपाल र भारतमा बस्दै आएका थिए। इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी नायब निरीक्षक सागरप्रताप राणाको टोलीको सहयोगमा मकवानपुर प्रहरीले उनलाई नियन्त्रणमा हो।

भारतको महाराजगन्जस्थित अपुर्बन–६ बस्ने राज भनिने दिपक केशरी हेटौंडामा बस्दै आएका थिए। विवाहको प्रस्ताव अस्वीकार गर्दा हेटौंडा–३ का मधुसुदन कंशाकारकी छोरी विन्दवासिनीलाई उनले एसिड प्रहार गरेका थिए।

कक्षा १२ मा अध्ययनरत १९ वर्षीय विन्दवासिनी एसिड आक्रमणबाट गम्भीर घाइते भएकी थिइन्। उनको नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराउँदा ६० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको परिवारले बताएको छ। उनको हालसम्म पनि उपचार भइरहेको छ।

आक्रमणबाट विन्दवासिनीको अनुहार, छाती र शरीरका अन्य अंगहरु जलेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell