PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

पन्ध्र हजार रुपैयाँ नतिर्दा दिल्लीमा नेपालीले गरे काकाकै हत्या!



पहिलोपोस्ट

पन्ध्र हजार रुपैयाँ नतिर्दा दिल्लीमा नेपालीले गरे काकाकै हत्या!
प्रतीकात्मक फोटो

पन्ध्र हजार रुपैयाँ फिर्ता नगरेको भन्दै दिल्लीको दरियागञ्जमा एकजना नेपालीले आफ्नै काकाको हत्या गरेका छन्। प्रहरीले बाजुराका टेकराज साउदलाई पक्राउ गरेको हो। उनी यसअघि विभिन्न पाँचवटा अपराधसँग जोडिएको घटनामा संलग्न रहेको प्रहरीलाई उदृत गर्दै टाइम्सअफइन्डियाले जनाएको छ।

मंगलवार दरियागञ्जको चिया पसल नजिकै मृत अवस्थामा दधिबहादुर साउदको शव भेटिएको थियो। प्रहरीका अनुसार कैलालीका उनको पोस्ट मार्टम रिपोर्टमा घाँटी थिचेर मरेको देखाएको छ।

४६ वर्षका टेकराजले आफ्ना काकालाई १५ हजार रुपैयाँ दिएका थिए। तर, उनले नतिरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

गएको मंगलवार दुवै जना रक्सीको धुनमा थिए। र, साउदले काकासँग रकम फिर्ता मागेका थिए। त्यही उनले काकाको घाटी थिचेर मारेको प्रहरीको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell