PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

भारतबाट अबैध रुपमा नेपाल भित्र्याइएका धान र गहुँ प्रहरीको नियन्त्रणमा



राधेश्याम पटेल

भारतबाट अबैध रुपमा नेपाल भित्र्याइएका धान र गहुँ प्रहरीको नियन्त्रणमा

वीरगन्ज : पर्सा प्रहरीले आज बिहान अबैध धान र गहुँ सहित ४ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ। पर्साका छिपहरमाई गाउँपालिका वडा नम्बर २ टिहुकीको नाकाबाट नेपाल भित्रिरहेका ति ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पर्साका प्रहरी उपरीक्षक सामेन्द्रसिंह राठौरका अनुसार २ ट्रयाक्टर धान, १ ट्रयाक्टर गहुँ र १ ट्रयाक्टर धानको ढुटो रहेको छ। भारतको बिहारमा नयाँ र पुरानो धान तथा गहुँको भाउ सस्तो भएको कारण अबैध किसिमले नेपाल भित्र्याइन्छन्।

प्रहरीले गोप्य सूचनाको अधारमा ना ४ त ७८५७, ना ४ त ९१०५, ना ७ त ३२४१ र ना २ त ४०३६ नम्बरका चार वटा ट्रयाक्टर नियन्त्रणमा लिएको हो। अबैध धान, गहुँको तस्करीमा संलग्न पर्सा छिपहरमाई गाउँपालिका वडा नम्बर २ निवासी ३५ वर्षीय रामबाबु साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

अहिले नेपालमा धान, गहुँको मुल्य २ हजार ७ सयदेखि ३ हजार रुपैयाँ प्रति क्विन्टल छ भने बिहारमा २ हजार ५ सय रुपैयाँको हाराहारीमा धान/गहुँ खरिद गर्न पाइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell