PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

शान्ति सदाले ल्याइन् छठी मैयाको गीत, छठ मान्नेलाई सांगीतिक उपहार



पहिलोपोस्ट

शान्ति सदाले ल्याइन् छठी मैयाको गीत, छठ मान्नेलाई सांगीतिक उपहार

सवरी संकल्प समाज गोलबजार सिरहाको सहयोग तथा शान्ति सदाको स्वरमा परम्पारिक छठी मैया सम्बन्धि गीतको म्युजिक भिडियो सार्वजानिक गरिएको छ।

सुर्यनारायाण सिंहद्वारा रचित छठी मैयाके महिमा महिमा अगम अपार... बोल रहेको गीतको म्युजिक भिडियोलाई शान्ति सदा र गुरुशरण सदा अफिसियल युट्युव मार्फत् शुक्रवार सार्वजानिक गरिएको हो।

गीतका रचियताकार सुर्यनारायण सिंहले छठी मैयाको महिमा अगम अपार र मैयाको महिमा अर्थात शक्तिलाई दुनियाँ संसारले बुझेको शब्द मार्फत् चित्रण गरेका छन्। गीतले छठी मैयाको चित्रण र मिथिला जगतमा मानिइने छठलाई गीत मार्फत अभिव्यक्त गरेको छ।

गीतको म्युजिक भिडियोमा आदित्य ठकुरीले निर्देशन तथा संगीता श्रेष्ठको सह निर्देशनका थिए। मैथिली गीत संगीतको यात्रामा निरन्तर संघर्ष गरिरहेकी शान्ति सदाको यस गीतलाई संगीत संयोजन पारस मणिले गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell