PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

म्यानमारसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा



पहिलोपोस्ट

म्यानमारसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा
एन्फा

काठमाडौं : म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली रास्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आज नेपाली टिमको घोषणा गरेका हुन। नेपाल र म्यानमारबीच नोभेम्बर ७ मा मैत्रीपूर्ण खेल हुँदैछ।

यो मैत्रीपूर्ण खेललाई कतारमा हुने फिफा विश्वकप २०२२ तथा चाइनामा आयोजना हुने एसियनकपको क्यालिफायर्स अन्तर्गतको 'होम गेम' को तयारीका रुपमा हेरिएको छ। क्‍वालिफायर्सको सबै अवे गेम खेलिसकेको नेपालले मङ्सिर ३ गते दशरथ रंगशालामा कतारसँग खेल्दै छ।

नेपाली टिम

गोलकिपर: बिकेस कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने

डिफेन्डर : सरोज दाहाल,अजित भन्डारी, दिनेश राजबन्शी, अनन्त तामाङ, देभेन्द्र तामाङ,रजिन धिमाल, सुमन अर्याल

मिड्फिल्डर: सुनिल बल, रबि पासवान, अन्जन बिस्ट, सुजल श्रेष्ठ, विक्रम लामा,तेज तामाङ, सन्तोष तामाङ, सुबास गुरुङ, मिक्छेन तामाङ

फर्वाड: भरत खवस, बिमल घर्ती मगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell