PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

वीरगंजमा छठको रौनक, उल्लासका साथ मनाइँदै सझिया घाटे   

वीरगंजमा छठको रौनक, उल्लासका साथ मनाइँदै सझिया घाटे   

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज: तराई-मधेशको मुख्य पर्वको रुपमा चिनिने छठको अवसरमा वीरगंजमा धुमधामका साथ छठ पर्व मनाइँदै छ। प्रदेश २ कै मुख्य छठ घाटको रुपमा वीरगंजका विभिन्न छठघाट प्रसिद्ध छन्।

यसपाली पनि वीरगंजमा उल्लासमय वातावरणमा साझा आस्थाको पर्व छठको अवसरमा घडिअर्वा पोखरी,स्विमिङ्पुल,  आदर्शनगर, मुर्ली, नगवा, लक्षुमानवा, सुसुखचैना, पटेलनगर, जगरनाथपुर, मनियारी, भवानीपुर, पिपरालगायत बारा, पर्साका विभिन्न छठघाटहरु दुलही झै सजाइएको छ।

नहाये खाएके र खरनापछि तेस्रो दिन सझिया घाटे पनि शान्तिपूर्ण हिसाबले मनाइएको छ।

विभिन्न खोला,पोखरी वा तलाउमा टेण्ट पण्डाल र बत्ती बालेर झिलीमिली पारिएको छ भने  आकर्षित ढंगले बनाइएको छठ घाटमा व्रतालु तथा तिनका परिवारजनले छठि मइयाको पूजा आराधना गरी सझिया घाटेको विधि पूरा गरेका छन्।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वीरगंजको लक्षुमानवा छठ घाटमा पुगेका थिए भने वीरगंजका मेयर विजय सरावगी विभिन्न छठ घाटमा पुगेर सर्व सधारणसँग भेटघाट गरेका थिए। नेकपा नेता रहबर अन्सारी पनि विभिन्न छठ घाटमा पुगेका थिए। सझिया घाटेपछि भाकल गरेका व्रतालुहरु कोशी भरिरहेका छन्। घरपरिवारमा सुख, शान्ति, समृद्धि, पुत्र लाभ र चर्म रोगबाट मुक्ति पाइने  जनविश्वासका साथ यो पर्व मनाइन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell