
स्पेनिस ला लिगाको गएराति भएको खेलमा बार्सिलोना लेभान्टेसँग पराजित भएको छ। घरेलु टोली लेभान्टेले बार्सिलोनालाई ३–१ ले पराजित गर्यो।
बार्सिलोनाका लागि खेलको ३८ औं मिनेटमा लियोनल मेस्सीको गोलबाहेक अरु खेलाडीले गोल गर्न सकेनन्। उनले पेनाल्टीमार्फत गोल गरेका थिए।
पहिलो हाफमा १ गोलले अग्रता लिएको बार्सिलोनालाई ६१ औं मिनेटमा लेभान्टेका लागि क्यामपानाले गोल गर्दै बराबरीमा ल्याए।
फेरि त्यसको २ मिनेटभित्रै मायोरलले गोल गर्दा लेभान्टेले अग्रता लियो। खेलको ६८ औं मिनेटमा राडोजाले गोल गर्दा लेभान्टेले ३–१ को जित हात पार्यो।
गएराति नै भएको अर्को खेलमा रियल मड्रिड रियल बेटिससँग बराबरीमा रोकिएको छ। घरेलु मैदानमै बेटिससँग अंक बाँडदै मड्रिडले शीर्षस्थानमा उक्लने अवसर गुमाउन पुग्यो।
त्यस्तै अर्को खेलमा भ्यालेन्सियाले स्पानयोललाई १–२ गोलले पराजित गर्यो। ३१ औं मिनेटमा रोकाको गोलबाट अग्रता लिएको स्पानयोलसँग परेजोले ६९ मिनेटमा गोल गर्दै भ्यालेन्सियालाई बराबरीमा ल्याए। फेरि भ्यालेन्सियाका लागि गोमेजले ८० औं मिनेटमा गोल गर्दा खेल भ्यालेन्सियाले २–१ ले जित्न पुग्यो।
यो सँगै बार्सिलोना र रियल मड्रिड समान २२ अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन्। त्यस्तै समान २१ अंकसहित एथ्लेटिको र सेभिल्ला तेस्रो र चौथो स्थानमा छन्।