PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

एक वर्षपछि नेकपामा स्थायी कमिटीको तयारी, प्रस्ताव गरेको तीन महिनापछि गौतमलाई उपाध्यक्ष बनाउने कसरत



कुञ्जरमणि भट्टराई

एक वर्षपछि नेकपामा स्थायी कमिटीको तयारी, प्रस्ताव गरेको तीन महिनापछि गौतमलाई उपाध्यक्ष बनाउने कसरत

काठमाडौँः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ने क पाले एक वर्षपछि स्थायी कमिटीको बैठक बस्ने सुरसार गरेको छ।

छिट्टै स्थायी समितिको तयारी रहेको एक सचिवालय सदस्यले बताए। अन्तरिम विधानमा तीन महिनामा स्थायी कमिटीको बैठक बोलाउनुपर्ने प्रावधान छ। तर गत वर्ष मंसिर २९ देखि पुस १३ गतेसम्म बसेको बैठकपछि स्थायी समिति बस्न सकेको छैन्।

'बैठक कहिले बस्ने भन्ने मिति त तय भइसकेको छैन्। तर छिट्टै नै बस्ने तयारी भइरहेको छ', ती सचिवालय सदस्यले भने।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर नभएकाले पनि बैठकको मिति तय हुन नसेको बुझिएको छ।

एक वर्षपछि हुन लागेको बैठकको मुख्य एजेण्डा चाहिँ के हुनेछ भन्ने प्रश्नमा ती सचिवालय सदस्यले भने, 'पार्टीका विविध विषयमा छलफल हुनेछ। बैठकमा कमरेड बामदेव गौतमजीलाई उपाध्यक्ष पदका लागि गरिएको प्रस्ताव अनुमोदनको विषयमा पनि छलफल हुनेछ।' 

गत साउन ३१ गते बसेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेको थियो। विधानमा दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक महासचिव, एक प्रवक्ता रहने व्यवस्था छ। विधानमै नभएको उपाध्यक्ष पद सिर्जना गरिएको तीन महिनायता प्रस्ताव अलपत्र छ। तीन महिनापछि गौतमलाई उपाध्य बनाउने कसरत थाल्न लागिएको हो।

गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावप्रति पार्टीभित्रै असन्तुष्टि देखिएको थियो।

गौतमलाई उपाध्यक्ष बनाउन पार्टीको विधान संशोधन गरी पद सिर्जना गर्नुपर्ने हुन्छ। नेकपामा विधान संशोधनको अधिकार केन्द्रीय कमिटीलाई छ।

स्थायी कमिटीले उक्त प्रस्ताव अनुमोदन गर्दै विधान संशोधनको प्रस्ताव केन्द्रीय कमिटीमा पठाउने छ।

केन्द्रीय कमिटीले विधान संशोधन गरेपछि मात्र अलपत्र परेको उपाध्यक्ष पद गौतमले पाउनेछन्। तर केन्द्रीय कमिटीको बैठक कहिले भन्ने अन्यौल रहेको नेताहरु बताउँछन। पार्टी एकता भएको डेढ बर्ष बित्दा समेत केन्द्रीय कमिटीको बैठक बस्न सकेको छैन्।

लामो समयसम्ममा पनि केन्द्रीय कमिटीको बैठक बस्न नसक्नु पार्टी नेतृत्वको लापरबाही भएको केन्द्रीय सदस्यहरु बताउँछन्। पार्टी मातहतका कमिटीका बैठक चुस्त रुपमा नडाकेको आरोप पनि नेतृत्वलाई लाग्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell