3.jpg)
काठमाडौं : नेपालमा हुनगइरहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नेपाली राष्ट्रिय बिच भलिबल टोली आज श्रीलंका जादैे छ।
८ खेलाडी सहित १२ सदस्यीय टोली आज श्रीलंका प्रस्थान गर्नेछ। नेपाली पुरुष टोलीमा सन्जु शाह, मानबहादुर श्रेष्ठ, राजु विक र दिलबहादुर सुनार रहेका छन्। महिलामा विनिता बुढाथोकी, नेबिका चौधरी, कोपिला उप्रेती र मनिषा चौधरी छन् । प्रशिक्षकमा सुदेश रिमाल र कौशिला खत्री तथा व्यवस्थपकमा जितेन्द्र श्रेष्ठ र श्रीराम बोगटी रहेका छन् ।
प्रशिक्षण र अभ्यास खेलपछि टोली नोभेम्बर १३ तारिखमा नेपाल फर्कने छ । दुवै टोलीले ५–५ अभ्यास खेल खेल्ने कार्यक्रम रहेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जनाएका छन्।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे ।