PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

वीरगंजमा यसरी गरियो छठको पारण

वीरगंजमा यसरी गरियो छठको पारण

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंजः उदाउँदो सूर्यलाई अर्घ दिई छठ समापन गरिएको छ। यसलाई पारण पनि भन्ने गरिन्छ। चार दिने छठको अन्तिम दिनमा पारण गरिन्छ।

सूर्य भगवानलाई बिहानीको किरणसँगै दूध अर्पण गरी छठी माताको यो कठोर र निष्ठाको पर्व व्रतालुहरूले समापन गर्ने गरेका छन्।

वीरगंज महानगरपालिका २१ मा पर्ने लिपनीबिर्ता र २२ मा पर्ने मनियारीको बीचबाट बग्ने श्रीर्सिया खोलाको किनारमा पटेलनगर र जगरनाथपुरको छठ घाटहरु पर्छन्। मिरमिरे बिहानीसँगै व्रतालुहरूको छठ घाटमा आगमन भएको थियो।

बिहान १ बजेदेखि नै पूजा सामग्री र अर्घको सामग्री लिएर व्रतालुहरू खोलाको किनारमा लहरै लाइन लागेर भगवान् सूर्यको प्रतीक्षामा थिए। बिहान ६ बजेर २३ मिनेटमा सूर्य उदाएपछि पुरोहितले गाईको दूध व्रतालुहरूले लिएको अर्घ र ढाकानामा चढाए। त्यसपछि व्रतालुहरूले उक्त अर्घ सूर्य भागवानलाई अर्पण गर्दै ढोगेर फेरि छठघाटमा आई छठी मातालाई पूजापाठ गरी घर फर्के।

घरमा आएपछि घरको कुलदेवता र टोल छिमेकको देवीको पनि पूजा आराधना एवं ठुलासँग आशीर्वाद लिने चलन छ। अर्घको सामग्रीमा ठेकुवा, उखु, निम्बू, सुन्तला, स्याउ, नरिवल, सुथनी, मुलालगायत सामग्री माटोको ढाकना वा बाँसको सुपलीमा राखिन्छ।

उल्लास हेर्नुस् फोटोमा



ट्रेन्डिङ पोस्ट

Ncell