PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

महराविरुद्धको मुद्दामा थुनछेक बहस हुँदै



पहिलोपोस्ट

महराविरुद्धको मुद्दामा थुनछेक बहस हुँदै

काठमाडौँः निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दामा आजदेखि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ। न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा बहस हुनेछ। यसअघि शुक्रबार पाण्डेकै इजलासमा महराको बयान भएको थियो।

जबर्जस्ती करणी उद्योगमा महरामाथि बिहीबार मुद्दा दर्ता भएको थियो। तीन साता लामो अनुसन्धानपछि मुद्दा दायर गरिएको थियो।

जबर्जस्ती करणी उद्योगमा महरामाथि पाँच वर्ष तीन महिनादेखि बढीमा साढे सात वर्ष कैद सजायको माग दाबीसहित मुद्दा दायर गरिएको छ।

थुनछेक बहसपछि अदालतले थुनामा राखेर मुद्दाको पूर्पक्षमा सहभागी हुन वा धरौटीमा रिहाको आदेश गर्न सक्नेछ। साधरण तारेखमा पनि रिहा गर्न सक्नेछ।

पूर्पक्षको लागि थुनामा रहेमा महरा सांसद्बाट पनि स्वतः निलम्बित हुनेछन्। सभामुख पदबाट असोज १४ गते नै राजीनामा दिइसकेका छन्।

असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको महरामाथि आरोप छ। महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि असोज १९ गते अदालतको अनुमतिले प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell