PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

खसी माग्ने डिएसपी शाहीमाथि छानबिनका लागि एसएसपीको नेतृत्वमा समिति गठन



खसी माग्ने डिएसपी शाहीमाथि छानबिनका लागि एसएसपीको नेतृत्वमा समिति गठन

काठमाडौं : बाँकेका  प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीमाथि छानबिन हुन भएको छ। एसएसपी नरबहादुर केसीको स‌ंयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको प्रहरीले जनाएको छ।

प्रहरी आचरण उल्लंघन गरिएको आरोपमा उनलाई छानबिनमा तानिन लागिएको हो। आज गठन भएको समितिलाई १० दिनको म्याद तोकिएको छ।

नेपाल तरुण दलले उनीमाथि खसी मागेको र खसी नमाग्दा आफ्ना कार्यकर्तालाई फसाएर पक्राउ गरेको आरोप लगाएको छ। बाँके तरुण दलका कोषाध्यक्ष केशर खड्कासँग खसी मागेको र खसी नदिएपछि डिएसपी शाही आफ्ना कार्याकर्तामाथि खनिएको भन्दै कांग्रेसले समेत छानबिनको माग गरेको थियो।

खसी माग्ने डिएसपीलाई कारबाही गर्न कांग्रेसको माग



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell