PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली फुटबल टोलीको बिदाइ



पहिलोपोस्ट

म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली फुटबल टोलीको बिदाइ
तस्बिर : एन्फा

काठमाडौं : म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्न जाने नेपाली फुटबल टोलिलाई आज एन्फाले एक कार्यक्रमबीच बिदाइ गरेको छ। एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली खेलाडीहरुलाई बिदाइ गरेका हुन्।

एन्फा अध्यक्ष शेर्पाले म्यानमार बलियो टोली भएको बताउँदै नेपाली यू २३ र महिला टोलीले म्यानमारसँग उत्कृष्ट प्रदर्शन गरेको स्मरण गरे। शेर्पाले नेपाली राष्ट्रिय फुटबल टोलीले पनि म्यानमारसँग उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो स्थान सुधार्ने विश्वास व्यक्त गरे।

नेपाल र म्यानमारबीच नोभेम्बर ७ मा मैत्रीपूर्ण खेल हुँदैछ।

यो मैत्रीपूर्ण खेललाई कतारमा हुने फिफा विश्वकप २०२२ तथा चीनमा आयोजना हुने एसियन कपको क्यालिफायर्स अन्तर्गतको 'होम गेम' को तयारीका रुपमा हेरिएको छ। क्‍वालिफायर्सको सबै अवे गेम खेलिसकेको नेपालले मङ्सिर ३ गते दशरथ रंगशालामा कतारसँग खेल्दै छ।

नेपाली टिम

गोलकिपर : बिकेस कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने

डिफेन्डर : सरोज दाहाल,अजित भण्डारी, दिनेश राजबंशी, अनन्त तामाङ, देभेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर : सुनिल बल, रवि पासवान, अन्जन बिस्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुबास गुरुङ, मिक्छेन तामाङ

फर्वाड: भरत खवास, बिमल घर्ती मगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell