PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'बिहानै प्रधानमन्त्री ओलीका लागि खाली गराइएको थियो ग्रान्डीको पार्किङ'



कुञ्जरमणि भट्टराई

'बिहानै प्रधानमन्त्री ओलीका लागि खाली गराइएको थियो ग्रान्डीको पार्किङ'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रो पटक डायलfसिस गर्ने आज ग्रान्डी अस्पताल लैजाने तयारी भइरहेको छ। बिहानै प्रधानमन्त्री ओलीलाई ग्रान्डी लैजाने तयारी भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको थियो। 

यद्यपि प्रधानमन्त्रीको चेकअपका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको र एक्सरे गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।

ओलीलाई शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एक्सरे गरिएको थियो। एक्सरेपछि प्रधानमन्त्री ओली बालुवाटार फर्किएका छन्।

'बिहान ग्रान्डीको पार्किङ खाली गर्न लगाइएको थियो'

प्रधानमन्त्री ओली बिहानै ग्रान्डीमा आइपुग्ने भन्दै अस्पतालको पार्किङसमेत रिजर्भ गरिएको ग्रान्डीमा रहेका अस्पतालका एक सुरक्षाकर्मीले बताए। प्रधानमन्त्री आइपुग्ने भन्दै पार्किङ खाली गराइएको र पार्किङ गर्न नदिएको उनले बताए।

बिहानै अस्पताल ल्याउने तयारी गरे पनि ग्रान्डीबाट प्रधानमन्त्री निवास बालुवाटारमा चिकित्सक पुगेको र प्रधानमन्त्री ओलीको रगत परीक्षण गरिएको बताइएको छ। रगतको रिपोर्ट आएपछि मात्र डायलfसिसको लागि ग्रान्डी लगिने उल्लेख गरिएको छ।

यसअघि प्रधानमन्त्री ओलीको बुधवार र बिहीवार दुईपटक डायलासिस गरिएको थियो। ओली बिहीवार ग्रान्डीबाट डिस्चार्ज भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell