अक्टोभर २ अर्थात् बलिउडका बादशाह शाहरुख खानको जन्मदिन। सामाजिक सञ्जालमार्फत हजारौं फ्यानले किङ खानलाई जन्मदिनको शुभकामना दिए। उनी स्वयंले भने आफ्नो ५४ औं जन्मदिन घरमै मनाए।
समुद्र छेउ घर बनाउने सपना पूरा गर्दै उनले मुम्बईको मन्नत खरिद् गरेका थिए। उनको घर बाहिर प्राय सयौं सङ्ख्यामा फ्यानहरु जम्मा हुन्छन्। जन्मदिनको दिन त झन् ठूलो भिड लागेको थियो। आधा रातसम्म उनको एक झलक हेर्नका लागि पर्खेर बसेका थिए फ्यान।
शाहरुख खानले मध्यरातमा बार्दलीमा उभिएर उनीहरुलाई झलक दिए। त्यस्तै केही फ्यानलाई व्यक्तिगत् भेट दिएर उनीहरुसँग फोटो समेत खिचाएको बीबीसी हिन्दीमा जनाइएको छ।

त्यस्तै सलमान खानले पनि उनलाई जन्मदिनको शुभकामना सार्वजनिक रुपमा दिए। 'द ब्यङ्ग टुर'का लागि हैदरावादमा रहेका उनले इन्स्टाग्राममार्फत भिडियो सन्देश पठाएका हुन्। भिडियोमा सलमानसँगै सोनाक्षी सिंहा,आयुष शर्मा, सोहेल खाम, ज्याकलिन फर्नानडेज, मनिष पल र वरिना हुसेनले एकसाथा 'ह्याप्पी बर्थडे' गीत गाएका छन्।
भिडियोमा सलमानले शाहरुखले आफ्नो फोन नउठाएकोमा गुनासो समेत पोखेका छन्।
जन्मदिनको अवसरमा शाहरुखले सन् २०२० का लागि रिलिज गरिने फिल्म आउँदो महिना घोषणा गर्ने जानकारी समेत दिए। त्यस्तै दुबईस्थित बुर्ज खालिफामा पनि उनलाई शुभकामना सन्देशसहित बत्ति बालिएको थियो। जसका लागि उनले मोहम्मद अलब्बरलाई धन्यवाद व्यक्त गर्दै ट्वीट लेखेका छन्- म पहिलोपटक यति अग्लो भएँ।
