PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

सुकुटे बस दुर्घटनामा ६ को निधन



पहिलोपोस्ट

सुकुटे बस दुर्घटनामा ६ को निधन
फोटोः विजय नेपाल

मेलम्ची : दोलखाको मुडे देउरालीबाट काठमाडौँ गइरहेको बस सुकुटेमा दुर्घटना हुँदा ६ जना यात्रुको ज्यान गएको छ। दुर्घटनामा अरु धेरै घाइते भएका छन्।

दिउँसो करिब १ बजे भएको दुर्घटनामा तीन महिला र एक बालकसहितको ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक माधव काफ्लेले बताए। बस खोलामा डुबेको छ।

बसमा ४० जना सवार रहेको घाइतेले बताएका छन्। अहिले उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।  चालक धनबहादुर तामाङलाई प्रहरीले उद्धार गरेको छ।

बा २ ख ७२४५ नम्बरको बस सडकबाट नदीमा खसेको प्रहरीले जानकारी दिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell