PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

सुकुटेमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु, २० जनाको उद्धार



पहिलोपोस्ट

सुकुटेमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु, २० जनाको उद्धार
फोटो : विजय नेपाल।

मेलम्ची : दोलखाको मुडे देउरालीबाट काठमाडौं गइरहेको बस सुकुटेमा दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ। बा २ ख ७२४५ नम्बरको बस सुनकोसीमा खस्दा बसमा सवार सबै घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

२० जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको उनले बताए। बसमा करिब ४० जना सवार रहेको अनुमान गरिएको उनको भनाइ छ।

दिउँसो करिब १ बजे भएको दुर्घटनामा तीन महिला र एक बालकसहितको ६ जनाको शव खोलाबाट निकालिसकेको डिएसपी काफ्लेले जानकारी दिए। खोलामा डुबेको बसलाई भर्खरमात्रै बाहिर निकालिएको उनले बताए।

अहिले उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।  चालक धनबहादुर तामाङलाई प्रहरीले उद्धार गरेर उपचारको लागि सदावहार अस्पताल खाडीचौर लगिएको डिएसपी काफ्लेले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell