PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

'घामड शेरे'को प्रचारमा शेरबहादुर देउवाको फोटो, नेविसंघका नेताले दिए फिल्म निषेध गर्ने चेतावनी



पहिलोपोस्ट

'घामड शेरे'को प्रचारमा शेरबहादुर देउवाको फोटो, नेविसंघका नेताले दिए फिल्म निषेध गर्ने चेतावनी

शनिबार कलाकार तथा निर्देशक आसिफ साहले 'घामड शेरे' प्रचारात्मक पोस्ट सेयर गरे। पोस्टमा फिल्मको पोस्टरसँगै नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाको समेत फोटो राखिएको थियो।

उक्त पोस्टलाई लिएर साह विवादमा तानिए। कांग्रेसको भ्रातृ संगठन नेविसंघले उनको पोस्टको विरोध गरेको हो। नेविसंघ बैतडीका जिल्ला सभापति कपिल केसीले साहलाई 'कलंक' भन्दै फिल्म 'घामड शेरे' सुदुरपश्चिमका चल्न नदिने चेतावनी दिए। उनले साहले पोस्ट हटाएर आम माफी माग्नु पर्ने जनाएका थिए। े

विवादमा तानिएसँगै आसिफ साहले पोस्ट हटाए र माफी पनि मागेका छन्। उनले आफूले कुनै पनि व्यक्ति वा संस्थाको अपमान गर्ने उदेश्य नरहेको प्रष्ट पारेका छन्। लेखेका छन्- 'म स्वयंपनि कुनै राजनीतिक पार्टीमा संलग्न छैन। मैले जुन पोस्ट गरे त्यो विशुद्ध मजाकका लागि गरिएको थियो। गलत संदेश प्रवाह भएकोमा माफी चाहन्छु।'

साहले क्षमा याचना गरेको स्टाटसमा समेत भने गाली भने आइरहेका छन्। फेसबुक प्रयोगकर्ता नवीन सिंहले लेखेका छन्,'कलाकार भएर कलाकारकै हैसियतमा बसौं। ऐतिहासिक पार्टीको सभापतिलाई आइन्दा यस्तो हल्का मजाक नबनाउँ। तपाईंको कामको प्रशंशक नै हुँ।'

गत शुक्रबार नेपाली कांग्रेसको पार्टी कार्यालयको बैठकमा उमेर हदमो विषयलाई लिएर विद्यार्थी नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका थिए। सोही दिन शेरबहादुर देउवा आक्रोशित भएको र उनले जाथाभावी बोलेको आरोप लागेको थियो। त्यसयता उनीमाथि थुप्रै ट्रोलहरु बने। तर, फिल्म रिलिजको संघारमा आसिफ साह विद्यार्थी नेताको तारो बने।

फिल्म ‘घामड शेरे’ भने आगामी शुक्रबार सार्वजनिक हुँदैछ। हेमराज बिसी निर्देशित फिल्ममा सुष्मा निरौला, निश्चल बस्नेत, स्वस्तिमा खड्का, सुलक्षण भारती लगायतको अभिनय रहेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell