PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

बलिउड फिल्म 'क्वाथा'मा देखिँदै अभिनेता सुनिल थापा



पहिलोपोस्ट

बलिउड फिल्म 'क्वाथा'मा देखिँदै अभिनेता सुनिल थापा

बलिउड फिल्म 'क्वाथा'मा सुनिल थापाको पनि अभिनय रहने भएको छ। राते काईँला उपनामले चर्चित थापाले फिल्मका लागि आफूले सकारात्मक चासो देखाएको बताए।

सलमान खान प्रोडक्सनको फिल्मका लागि उनलाई केही समयअघि प्रस्ताव आएको थियो। पहिलोपोस्टसँगको कुराकानीमा थापाले भने,'सबै कुरा तय भइसकेको छ। तर, सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छैन।'  

थापाले पछिल्लो समय प्रियंका चोपडा स्टारर 'मेरी कोम'मा कोच नर्जित सिंहको रुपमा अभिनय गरेका थिए। फिल्म पाँच वर्षअघि सार्वजनिक भएको थियो। उनले अन्य बलिउड फिल्महरु 'एक दुजे के लिए', 'मानव हत्या', 'आज कि आवाज', 'मनु द ग्रेट', 'अल्बेला', 'नसिब वाला' लगायत फिल्ममा पनि अधिनय गरेका छन्। थापाको अभिनय हिन्दी साथै भोजपुरी, तामेल, बंगाली भाषाका फिल्महरुमा पनि देख्न सकिन्छ।

तर, सुनिल थापाले आफू आउँदो जनवरीपछि मात्र 'क्वाथा'का लागि व्यस्त हुने बताइ रहँदा फिल्म युनिटले भने अक्टोबर अन्तिमबाटै छायांकनका लागि फ्लोरमा उत्रने घोषणा गरेको छ।

मणिपुर राज्यको एक गाउँमा घटेको सत्य कथामा आधारित फिल्मको मुख्य पात्रहरु कट्रिना केफकी बहिनी इसाबेल केफ र सलमान खानका ज्वाईँ आयुष शर्मा रहनेछन्। आयुष फिल्ममा आर्मीको भूमिकामा देखिँदै छन्। सन् २०२० रिलिज टार्गेट गरिएको फिल्मलाई करन भुटानीले निर्देशन गर्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell