PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

वीरगंजमा स्वर्णीम चलचित्र महोत्सव हुँदै, बलिउड स्टार गोविन्दा पनि आउने



राधेश्याम पटेल

वीरगंजमा स्वर्णीम चलचित्र महोत्सव हुँदै, बलिउड स्टार गोविन्दा पनि आउने

वीरगंज : वीरगंजमा हुन लागेको नेपालकै पहिलो नेपाली चलचित्र स्वर्णीम महोत्सवको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ। नेपाल चलचित्र निर्माता संघको आयोजनामा सो महोत्सव हुन लागेको हो।

कात्तिक २१ देखि २३ गतेसम्म आयोजना हुने महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। महोत्सव तयारी समितिका संयोजक एवम् चलचित्र निर्माता संघका उपाध्यक्ष बिमल पौडलले तराइ र मधेशका कथा, कला, साहित्य तथा संस्कृतिलाई पनि नेपाली चलचित्रमा नसमेटिए नेपाली चलचित्र अपुरो हुने भएकोले वीरगंजमा यो महोत्सव आयोजना गर्न लागिएको बताए ।

‘नेपाली चलचित्र ५३ वर्षमा प्रवेश गरेको छ, त्यस कारण नेपाली चलचित्र स्वर्णीम महोत्व राष्ट्रिय रुपमा आन्तरिक र बाहिरी पर्यटन प्रबर्द्धन गर्न र नेपाली चलचित्रको विकास तथा तराई मधेसको अस्तित्व, कथा र कलाकारको खोजीको रुपमा यो कार्यक्रम काठमाडौंमा नभई वीरगंजमा हुन लागेकोमा हो,’ उनले भने।

गोविन्दा पनि आउँदै

महोत्सवमा भारतका चर्चित अभिनेता गोविन्दाको पनि सहभागिता रहने बताइएको छ। गोविन्दासँगै उनकी श्रीमती सुनिता तथा भारतका केही प्रविधि विशेषज्ञहरुको पनि सहभागिता रहने छ। गोविन्दा कात्तिक २१ गतेकै दिन महोत्सवमा सहभागी हुने जनाइएको छ।

कार्यक्रममा नेपालका सुपरस्टार राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, करिश्मा मान्नधर, निरुता सिंह, केकी अधिकारी, पल शाह, अनमोल केसीलगायतका दर्जनौ कलाकारहरुको सहभागिता रहने छ।

महोत्सवमा करिब सवा करोडको खर्च हुने अनुमान गरिएको छ। जसमा नेपाल पर्यटन बोर्ड, प्रदेश नम्बर २ सरकार, वीरगंज महानगरपालिका, पर्यटन प्रवर्द्धन विकास समिति प्रदेश २, भिजिट नेपाल २०२० तथा विभिन्न औद्योगिक प्रष्ठिानबाट आर्थिक सहयोग लिइएको छ।

महोत्सव प्रवेशका लागि १ सय रुपैयाँको टिकट पनि राखिने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell