PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

ढोरपाटन नगरपालिका ३ का वडाध्यक्ष घर्ती नेकपामा प्रवेश



पहिलोपोस्ट

ढोरपाटन नगरपालिका ३ का वडाध्यक्ष घर्ती नेकपामा प्रवेश

बागलुङः ढोरपाटन नगरपालिका ३ का वडाध्यक्ष हेमेन्द्र घर्ती सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। घर्ती देशभक्त जनगणतान्त्रिक मोर्चाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

घर्तीसहित मोर्चाका नेता, कार्यकर्ता पार्टी परित्याग गरी आइतबार नेकपामा प्रवेश गरेको नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरेले जानकारी दिए। पार्टी प्रवेश गर्नेमा मोर्चाको गण्डकी प्रदेश समितिका कोषाध्यक्ष एवं जिल्ला सदस्य गुञ्जबहादुर भण्डारीलगायत छन्। 

सोही अवसरमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको युवा संगठनका केन्द्रीय सदस्य एवं धवलागिरि इञ्चार्ज सुमीत घर्ती पनि नेकपामा प्रवेश गरेको जनाइएको छ। पार्टी प्रवेश गर्नेलाई नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज बलावती शर्मा, नेकपाका नेता एवं प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढाले स्वागत गरेका थिए।

पार्टी प्रवेशपछि वडाध्यक्ष घर्तीले विकास र समृद्धिको लक्ष्यमा अगाडि बढ्न मूल पार्टीमै फर्केको प्रतिक्रिया दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell