PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

टी २० सिरिजमा भारतमाथि बंगलादेशको ऐतिहासिक जित



पहिलोपोस्ट

टी २० सिरिजमा भारतमाथि बंगलादेशको ऐतिहासिक जित
तस्बिर: बिसिसिआई

नयाँ दिल्लीको अरुण जेट्ली स्टेडियममा भएको भारत र बंगलादेशबीचको  टी २० सिरिजको  पहिलो खेलमा  बंगलादेशले ऐतिहासिक जित निकालेको छ। आइतबार भएको खेलमा बंगलादेशले भारतलाई ७ विकेटले हराएको हो। टी २० मा बंगलादेशले भारतलाई हराएको यो पहिलोपटक हो। 

टस हारेर ब्यटिङमा उत्रिएको भारतले बंगलादेशलाई १४९ रनको चुनौती प्रस्तुत गरेको थियो। भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनाएको थियो।

भारतका लागि शिखर धवनले सर्वाधिक ४१ रन बनाउँदा रिसभ पन्तले २७, श्रेयस ऐयरले २२ तथा केएल राहुलले १५ रन बनाए। त्यस्तै कुर्नाल पाण्ड्या र वासिंटन सुन्दरले अभिजित १५ र १४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

यता बंगलादेशका लागि साफिउल इस्लाम र अमिन्युल इस्लामले समान २/२ विकेट लिए।

१४९ रनको लक्ष्य पछ्याएको बंगलादेशका लागि मुस्फिकर रहिमले अभिजित ६० रनको महत्वपूर्ण योगदान दिए। उनले ४३ बलमा ८ चौका र १ छक्काको सहायताले बंगलादेशको स्‍कोर उकास्न सफल रहे।

बंगलादेशका लागि ओपनर मोहम्मद नाहिमको २६, सौम्य सरकारको ३९ रन र कप्तान महमुदुल्लाहको अभिजित १५ रन महत्वपूर्ण रह्यो।

भारत र बंगलादेशबीचको दोस्रो टी २० आउँदो ७ तारिकमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell