PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

महराविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस



पहिलोपोस्ट

महराविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

काठमाडौँः निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुँदैछ। आइतबारदेखि बहस सुरु भए पनि समय अभावका कारण सकिएको थिएन। 

आइतबार सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता चन्द्रकान्त खनालसहित चार जनाले बहस गरेका थिए। यस्तै, महराको तर्फबाट वरिष्ठ अधिवक्ता लवकुृमार मैनाली तथा भोजचार आचार्यले बहस गरेका थिए। 

सोमबार महराको तर्फबाट वरिष्ठ अधिवक्ताहरु कृष्ण सापकोटा, रमण कुमार श्रेष्ठ, सविता भण्डारी लगायतले बहस गर्नेछन्। महराको पक्षमा ३२ जना कानुन व्यवसायीको वकालतनामा आइतबार साँझसम्म परेको छ। 

सबै कानुन व्यवसायीले बहस गरेमा सोमबार पनि मुद्दाको प्रक्रिया सम्पन्न हुने छैन। समय व्यवस्थापनमा बेञ्च र कानुन व्यवसायीबीच समझदारी बनेमा मुद्दाको थुनछेक प्रक्रिया सोमबार सकिनेछ। 

अदालतले थुनछेक प्रक्रियापछि तत्काल प्राप्त प्रमाणका आधारमा मुद्दामा महरालाई थुनामा राखेर पुर्पक्ष गर्ने वा रिहा गर्न आदेश दिन सक्नेछ। थुनामा पठाइएमा महराको सांसद् पद पनि निलम्बनमा पर्नेछ। सभामुखबाट भने यसअघि नै राजीनामा दिइसकेका छन्। 

महरामाथि जबर्जस्ती करणी उद्योगमा बिहीबार मुद्दा दायर भएको हो। त्यसयता थुनछेक प्रक्रिया जारी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell