PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

किन सडकबाट पर्लक्क पल्टिरहन्छन् बस? चालकको त्रुटिकै सूची उकालोतिर



सविन ढकाल

किन सडकबाट पर्लक्क पल्टिरहन्छन् बस? चालकको त्रुटिकै सूची उकालोतिर

काठमाडौं : आइतवार दोलखाको मुडे देउरालीबाट काठमाडौं आइरहेको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुन पुग्यो। बस सडकबाट सुनकोसी नदीमा खस्यो। नदीमा पानीको बहाव बढी भएकाले उद्धारमा समस्या पर्‍यो। यस दुर्घटना पारी मर्नेको संख्या १७ पुगिसकेको छ।

दुर्घटनाको कारण के थियो ? तिब्र गति ? सडक वा यान्त्रिक खराबी? कि चालकको लापरबाही ?

गत बिहीवारमात्रै मेलम्चीबाट काठमाडौं आउँदै गरेको बस शंकरापुर नगरपालिका–४ स्थित लप्सीफेदी नजिकैको मोडमा दुर्घटना भयो। हेलम्बु यातायातको बा ५ ख ५०७० नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भयो।

एक सातको बीचमा ठूला दुर्घटनामा परेर २० जनाले ज्यान गुमाउनु पर्‍यो। तर, दुर्घटना किन भइरहेको छ? यसको समाधान के?

त्यसका लागि के गर्ने भन्नेतर्फ सम्वन्धित निकायको ध्यान कमै पुगेको देखिन्छ।

'सरकारको तयारी नै पुग्दैन। दुर्घटना भएको दिन हल्लाखल्ला हुन्छ त्यसपछि के त? कुनै योजना नै भएन,' पूर्व ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथुले भने।

प्रहरीले हेरक दुर्घटनामा कारण खोज्छ। प्रहरीको अनुसन्धानले देशभर भएका दुर्घटनाको सबैभन्दा ठूलो कारण चालकको लापरबाही देखाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको अनुसार ८० प्रतिशत भन्‍दाबढी दुर्घटना चालकको लापरबाहीले नै भएका छन्।

प्रत्येक वर्ष प्रहरीले चालकको लापरबाही भएको तथ्याङ्क निकाले पनि त्यसलाई कसरी ठीक ठाउँमा ल्याउने त? यसमाथि न सरकार प्रष्ट छ न प्रहरीको कदम नै।

महानगरीय ट्राफिक महाशाखाको विगत ८ वर्षको दुर्घटना तथ्याङ्क केलाउने हो भने चालकको लापरबाहीको कारणले दुर्घटना बढेको छ। प्रहरीले समय समयमा चालकलाई सचेतना अभियान चलाए पनि त्यसको प्रभाव देखिएको छैन। 'प्रहरीको सचेतना लगायत कार्य नभएको होइन तर चालकमा गम्भीरपन देखिएन। उनीहरु जति यात्रुप्रति जिम्मेवार बन्नुपर्ने बनेनन्,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले भने।

प्रहरी तथ्याङ्क अनुसार बरु यान्त्रिक गडवबडी, पौदल यात्रुको कारण, ओभरटेक, तीव्रगतिका कारण हुने दुर्घटनामा भने केही वर्ष यता कमी आएको तथ्याङ्कले देखाउँछ। तर, चालकको लापरबाही न त प्रहरीको नियन्त्रण दायरमा आएको छ न चालककै स्वःजिम्मेवारीमा।

'गाडीमा मोबाइल खेलाउने, छेउका यात्रुसँग गफिने, गतिमा एकरुपता नहुने चालकमा हुने ठूलो समस्या हो,' एसएसपी ढकालले भने।

महाशाखाको तथ्याङ्क अनुसार गएको तीन महिनामा ३ हजार १ सय ८१ वटा सवारी दुर्घटना भए। जसमा २ हजार ८ सय २७ वटा दुर्घटना चालकको लापरबाहीकै कारण भएको देखिएको छ।

आर्थिक वर्ष २०६८/६९ मा भएका ५ हजार ९६ वटा दुर्घटना मध्ये ४ हजार १ सय १९ वटा दुर्घटना चालको लापरबाहीको कारण देखिएको छ। जबकि त्यतिखेर मापसे सेवन गरेर सवारी चलाएको कारण १ सय ८९ वटा दुर्घटनामा परे।

मदिरा पिएर सवारी दुर्घटना हुनेमा अधिकांश मोटरसाइकल छन्। यसरी भएको दुर्घटनामा १ सय ४८ जनाले ज्यान गुमाए।

'चालकको हात हातमा मोबाइल एउटा हात स्टेरिङमा। अनि ध्यान मोबाइलमा नै गयो। दुर्घटनको कारण यो पनि प्रमुख हो। मोबाइल चलाएर सवारी चलाएको पाइएमा लगाउने जरिवानमा बढाउनुपर्‍यो,' पूर्व निरीक्षक हाछेथुले भने।

आर्थिक वर्ष २०६९/७० मा पनि चालकको लापरबाहीबाट हुने दुर्घटनामा कमी आएन। ८ सय ७२ वटा बस दुर्घटनामा परे। त्यस वर्ष ४ हजार ७७० वटा सबारी दुर्घटना भएका थिए। जसमा ३ हजार ७ सय ७० वटा दुर्घटनामा चालकको लापरबाही भएको निष्कर्ष प्रहरी निकाल्यो। आर्थिक वर्ष २०७०/७१ मा चालकको लापरबाहीको कारण ४ हजार ५६ वटा सवारी दुर्घटना भए। दुर्घटनामा परि १ सय ४३ जनाले ज्यान गुमाए।

गत आर्थिक वर्षमा ८ हजार ५ सय ११ वटा सवारी दुर्घटना भएकोमा ७ हजार ५ सय २९ वटा दुर्घटना लापरबाहीकै कारण भएको देखिन्छ। जसमा सडकको अवस्थाको कारण तीन वटा मात्र दुर्घटना भएको प्रहरीको तथ्याङकले देखाएको छ।

आर्थिक वर्ष २०७४/७५ मा ६ हजार ३ सय ८१ वटा दुर्घटना भए जसमा ५ हजार ९ सय ६१ वटा दुर्घटना चालकको लापरबाहीको कारण भएको छ।

'चालकले मोबाइल चलाउने क्रम बढेको छ। ध्यान त्यतैतिर जाँदा ठूला सबारीमा दुर्घटना भएका छन्। ट्राफिक नियम सचेतना दुई पाङग्रेमा बढी केन्द्रित भयो। खै बस ट्रक लगायतका सवारी चालकलाई सचेतना? ५० भन्दाबढी यात्रु बोक्नेलाई सचेतना भएकै छैन,' हाछुथेले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell