भारतको राजधानी नयाँ दिल्लीमा प्रदुषण र विषाक्त हावाको चर्चा विश्वभर चलेको छ। वातावरणविद्हरुले विषाक्त धुवाँधुलोले वतावारणमा पारेको प्रभावलाई लिएर चिन्ता व्यक्त गरिरहेका छन्।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले वातावरण प्रदूषण रोक्न सरकारले सुरु गरेको प्रयासमा साथ दिन नागरिकहरूलाई आग्रह गरेका छन्। प्रदुषण घटाउन उनले सवारीमा जोरबिजोर प्रणालीसमेत लागू गरिसकेका छन्।
यसैबीच आइतवार बेलुका नयाँ दिल्लीको अरुण जेट्ली स्टेडियममा भएको भारत र बंगलादेशबीचको टी २० सिरिजको पहिलो खेल रहेको थियो। उक्त खेलमा बंगलादेशले भारतलाई ७ विकेटले हराउँदै ऐतिहाँसिक जित हात पार्यो।
बोर्ड फर क्रिकेट कन्ट्रोल इन इन्डिया (बिसिसिआई) भारत र बंगलादेशको म्याचको तस्बिरहरु सार्वजनिक गरेको छ। जसमा तस्बिरहरु धमिला देखिन्छन्। ती तस्बिर किन धमिला देखिए? बेलुका खेल भएकाले वा प्रदुषणको 'इनभिजिबिलिटी'का कारण? यसबारे चर्चा शुरु भएको छ।
भारतमा हरियाणा, पञ्जाब, उत्तर प्रदेशलगायतका क्षेत्रमा लगाइने बाली सपार्न लगाइने आगो, दीपावलीको पटका, मौसमलगायतका कारणले वायुप्रदुषण बढेको बताइन्छ।
तस्बिरहरु: बिसिसिआई