PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

ज्ञानेन्द्र शाही माथि आक्रमण गर्ने एक जना पक्राउ



पहिलोपोस्ट

ज्ञानेन्द्र शाही माथि आक्रमण गर्ने एक जना पक्राउ

काठमाडौः भ्रष्टाचारविरोधी अभियान गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो अभियोगमा भरतपुर महानगरपालिका११ निवासी ३२ वर्षीय अविरल पोख्रेल पक्राउ परेका हुन्।

प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार पोख्रेलललाई आइतबार साँझ पक्राउ गरिएको हो। पक्राउ परेका पोख्रेलमाथि अनुसन्धान शुरु गरिएको छ। अन्यको खोजी भइरहेको उनले जानकारी दिए।

गत असोज ११ गते भरतपुरस्थित चौबिसकोठीमा नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रम शुरू हुनै लाग्दा शाहीमाथि आक्रमण भएको थियो। कार्यक्रम स्थगन भएपछि ग्लोबल होटलबाट बा३ख ८४५८ नम्बरको माइक्रोमा फर्कने क्रममा होटल परिसरमा नै शाहीमाथि आक्रमण भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell