PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

२९ दिन हिरासतपछि महरालाई जेल चलानको आदेश, डिल्लीबजार कारागार लगिँदै



पहिलोपोस्ट

२९ दिन हिरासतपछि महरालाई जेल चलानको आदेश, डिल्लीबजार कारागार लगिँदै

काठमाडौं : बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पूर्पक्षको लागि जेल चलान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। सोमबार थुनछेक बहसपछि महरालाई जेल चलान गर्न आदेश दिएको हो।

आइतवार सरकारी वकिलका तर्फबाट सह न्यायाधीवक्ता चन्द्रकान्त खनालसहित चार जनाले बहस गरेका थिए। यस्तै, महराका तर्फबाट वरिष्ठ अधिवक्ता लवकुमार मैनाली तथा भोजराज आचार्यले बहस गरेका थिए।

सोमवार महराको तर्फबाट वरिष्ठ अधिवक्ताहरु कृष्ण सापकोटा, रमण कुमार श्रेष्ठ, सविता भण्डारी, शेरबहादुर केसी लगायतले बहस गरेका थिए।

महरा विरुद्ध गत बिहीवार जबर्जस्ती करणी उद्योगमा मुद्दा दायर भएको थियो।

महरामाथि गत असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप छ। सोमबार पीडित महिला पनि अदालतमा उपस्थित भएकी थिइन्। तर, उनलाई बोल्न अनुमति दिइएन। पीडित महिलाले पछिल्लो समय आफ्नो बयान फेर्दै आएकी थिइन्।

महराले पनि आफ्नो बयानमा पीडित महिलाको कोठमा नगएको भन्दै आफ्नो बचाउ गर्दै आएका थिए। तर, महराको सुरक्षामा खटिएका सुरक्षाकर्मीले भने पीडित महिलाको कोठामा पुगेको बयान दिएका छन्।

महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि असोज १९ गते अदालतको अनुमतिले प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो। तर, पक्राउ गरेको दुई दिन महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतमा बसेका महरा त्यसपछि भने विरामी भएको भन्दै नर्भिक अस्पतालमा बस्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell