PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

बझाङको कालङगा हाइड्रोपावरमा सम्पर्कविहीन तीन जना सुरुङभित्र मृत फेला, एक जना अझै बेपत्ता



एम बम

बझाङको कालङगा हाइड्रोपावरमा सम्पर्कविहीन तीन जना सुरुङभित्र मृत फेला, एक जना अझै बेपत्ता

कैलाली: बझाङको कालङगा हाइड्रोपावरमा छिरेर सम्पर्क विहीन भएका तीन जना मजदुरको शव फेला परेको छ। आइतवार दिउँसो साढे तीन बजे सुरुङ खन्न भित्र पसेका ४ जना मध्य तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए।

सुरुङमा छिरेका ४ मध्ये तीन जनाको शव झन्डै २५ घण्टापछि फेला परेको र एक जनाको खोजी भइरहेको बमको भनाई छ। ‘तीन जनाको शव फेला परेको छ,' डिएसपी बमले भने, 'उनीहरू तीनै जनाको अक्सिजनको कमी वा अन्य कुनै ग्यास पसेर मृत्यु भएको हुन सक्ने देखिन्छ।’ उनले थपे, ‘के कारणले मरेका हुन् भन्ने यकिन कुरा त पोस्टमार्टम रिपोर्ट पछि आउला।’
 
बमले आफू घटनास्थलमै रहेको जानकारी गराउँदै तीन जनाको शव उद्धारमा काठमाडौँबाट हेलिकप्टरमा गएको नेपाली सेनाको टोलीले पहल गरिरहेको र सम्पर्क विहीन एक जनाको खोजी गरिरहेको बताए।
 
उनीहरू १४ सय लामो सुरुङको झन्डै १३ सय मिटरको दुरीमा मृत भेटिएका हुन्।
 
बझाङको बुङगल नगरपालिका १ स्थित कालङगा हाइड्रोपावरको सुरुङ खन्न हिजो दिउसो साढे तीन बजे दैलेखको गुराँस गाउँपालिका–३ का कर्ण बहादुर शाही, सोही ठाउँका महेन्द्र बहादुर शाही, अछामको तुर्माखाद ६ का महेन्द्र साउद र बझाङ बुङ्गल नगरपालिका– १ का शेर सिंह धामी छिरेका थिए।
 
मृत फेला परेकोहरुको पहिचान भने हुन सकेको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell