PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

डडेल्धुरा पुगेर पुन अनसन थाले डा. गोविन्द केसीले



एम बम

डडेल्धुरा पुगेर पुन अनसन थाले डा. गोविन्द केसीले

काठमाडौं: मेडिकल क्षेत्रमा सुधारको माग गर्दै आएका डा गोविन्द केसीले डडेल्धुरा पुगेर अनसन थालेका छन्। यसअघि १६ पटक अनसन बसिसकेका डा केसीले हालसालै शिक्षण अस्पतालबाट अवकाश लिएका थिए।

'मैले दिएको समयमा सरकारले माग पुरा नगरेकोले अनशन बस्न म डडेल्धुला आएको हुँ,' डा केसीले भने।

सरकारले आफ्ना माग पुरा नगरे पुन अनसन बस्ने चेतावनी यसअघि नै दिइसकेका थिए। केसीले अवकाशका बेला आफ्नो माग पुरा गर्न भन्दै बुधबारसम्मको म्याद दिएका थिए।

यस्ता छन् डा केसीका मागहरु

१ हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।
२ विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शिता ढंगले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस्।
३ आंदोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असुल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस्। अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकहरुलाई फौजदारी कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरियोस्।
४ संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस्।
५ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्या्एर एमबिबिएस कार्यक्रम संचालन गरियोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजिपी कार्यक्रम संचालन गर्ने अनुमति अनुचित ढंगले प्रधानमंत्री कार्यालयले अडकाएर राखेकाले त्यसलाई तुरुन्त स्विकृति दिँदै शीघ्र एमबिबिएस कार्यक्रम संचालन गर्ने व्यवस्था गरियोस्।
६ प्रदेश नं दुई र चार तथा डोटी र डडेल्धुरा, उदयपुर र इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस्।
७ संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवंडाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गरियोस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell